क. पृष्ठभुमि
पहाडी क्षेत्र विकास अभियान जाजरकोट विक्रम संवत् २०५५ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता भएको गैह्रनाफामूलक, राजनीतिक र धार्मिक हिसाबले तटस्थ स्थानिय गैह्रसरकारी संस्था हो । “विकासका लागि सहकायर्” यसको मूख्य नारा हो । विकासका लागि समुदाय परिचालन गर्नु यस संस्थाको मुख्य कार्य हो ।
जाजरकोट सहित कणार्ली प्रदेशका अन्य केहि जिल्लाहरुमा पनि यस संस्थाले काम गर्दै आईरहेकोछ । स्थानिय र प्रदेश स्तरिय नागरिक समाज संजाल, संघसस्था, समूह, सरोकारवालाहरु र स्थानिय सरकारहरुसंग निकट समन्वय तथा सहकार्य गर्दै विभिन्न हिसाबले पछाडि पारिएका व्यक्ति तथा समुदायका लागि आवाज बन्ने काम गरिरहेकोछ । खासगरि दलित, जनजाति, महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुका लागि जिल्लामा यस संस्थाले अगुवा संस्थाको रुपमा काम गरिराखेकोछ । सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, बाल विकास, बाल सहभागिता, बाल संरक्षण, महिला तथा बालिका शसक्तिकरण, सुशासन, जनचेतनाको क्षेत्रमा आफ्ना कार्यक्रम तथा परियोजनाहरु कार्यान्वयन गरिएको छ ।
ख.सन्दर्भ तथा औचित्य :
सेभ द चिल्डेनसंगको साझेदारीमा सन् २०२२ जनवरी देखि बाल संवेदनशिल सामाजिक सुरक्षा कार्यक्रम जाजरकोट जिल्लाको दुई स्थानिय तह शिवालय गाउँपालिका र भेरी नगरपालिकामा कार्यान्वय भईरहेको छ जुन नोभेम्बर अन्तिम २०२५ मा सम्पन्न हुदैछ । स्थानिय भाषामा यस परियोजनालाई पँहुच परियोजना भन्ने गरिएकोछ ।
नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन प्रणाली सबलीकरणकोे लागि स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्ने, सामाजिक सुरक्षा भत्ताका लागि योग्य तर विविध कारणले यसबाट बञ्चित व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्तिको लागि आवश्यक दर्ता प्रकृयामा ल्याउन आवश्यक सहयोग र सहजीकरण गर्ने, बाल पोषण भत्ता प्राप्त गर्ने बालबालिकाका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालनका लागि स्थानिय सरकारसंग समन्वय तथा सहकार्य गर्ने,र, जोखिम तथा संकटासन्नतामा रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न स्थानीय सरकारको नीति निर्माण प्रक्रियामा आवश्यक सहयोगगर्ने गरि यस परियोजनाले विभिन्न खालका कृयाकलाप सम्पन्न गरेकोछ ।
सम्बन्धित स्थानिय सरकारसंगको समन्वय तथा सहकार्यमा अहिलेसम्म ११८२ जना प्रमुख हेरचाहकर्ताहरुले अभिभावक सचेतना कार्यक्रममा भाग लिई बालबालिकालाई हुर्काईबढाई गर्ने र सिकाउने हानिकारक परम्परागता तौरतरिकाहरुमा परिवतर्न गरि मायालु, सहयोगी र मित्रवत् तरिकाहरु अभ्यास गर्दै आफ्नो परिवार र समुदायमा नमुना अभिभावकको रुपमा भुमिका निभाईराख्नुभएकोछजस्तै नियमित आफ्नो बच्चाको तौल अनुगमन गर्ने, आवश्यकता अनुसार पोषिलो खानेकुरा खुवाउने, बजारमा उपलब्ध प्याकेटको खानेकुरा किनेर खुवाउनुको सट्टा घरमै तयार गरेको खाना खाजा खुवाउने आदि ।
७२९२ जना व्यक्तिहरु विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ताको लागि दर्ता भई सामाजिक सुरक्षा भत्ता प्राप्त गरिराख्नुभएको छ जसमध्ये .३७०९ जना ५ वर्षमुनिका बालबालिका र४०८ अपांगता भएका व्यक्तिहरु रहेका छन ।
यसैगरि, यो परियोजना कार्यान्वयन भएका स्थानिय तह (सरकार) हरुले , सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि योग्य तर विविध कारणले छुटिराखेका व्यक्तिहरुको पहिचान गरि उनिहरुको पँहुच सुनिश्चित गर्न, ५ वर्षमुनिका बालबालिकाको प्रमुख हेरचाहकर्ता (अभिभावक)लाई अभिभावक सचेतना कार्यक्रम कार्यान्वयन गर्नका लागि कार्यविधिहरु र सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रमहरुलाई मार्गदर्शन गर्नका लागि स्थानिय सामाजिक सुरक्षा नीति समेत निमार्ण गरि कार्यान्वयन गरिरहेका छन ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि स्थानिय गुनासो सुनुवाई संयन्त्र (वडा स्तरीय)लाई कृयाशिल गराएर यस्ता समस्याहरु सम्बन्धित वडा तथा पालिका स्तरमै समाधान गर्ने, यदि वडा र पालिका स्तरमा समाधान गर्न नसकिने प्रकृतिको समस्या भएमा राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाउने जस्ता काम पनि स्थानिय सरकारहरुले गरिरहेका छन ।
सम्बन्धित स्थानिय सरकारसंग समन्वय र सहकार्य गर्दै परियोजनाले संचालन गरेका विभिन्न कृयाकलापहरुको कारण बालबालिका स्वयम, सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राही व्यक्ति, परिवार र समुदायमा परेको प्रभाव र मूख्य उपलब्धीहरु भिडियोमा कैद गरि विभिन्न माध्यमको प्रयोग गरि सम्बन्धित सबै सरोकारवालाहरु जस्तै अरु स्थानिय सरकारहरु, प्रदेश सरकार र अन्य संघसंस्थाहरुलाई देखाउन आवश्यक देखिएकोछ ।
ग. भिडियो डकुमेन्ट्री निमार्ण कार्यकोउदेश्य :
१ पँहुच परियोजनाको कारण भएका मुख्य उपलब्धिहरु तथा प्रभाव (बालबालिका, सामाजिक सुरक्षा भत्ताका लाभग्राही व्यक्ति, परिवार, समुदायमा परेको प्रभाव), दिगोपनाका लागि सम्बन्धित स्थानिय सरकारले गरेका व्यवस्था तथा प्रयासहरु कैद गरि ३ देखि ५ मिनेट सम्मको भिडियो डकुमेन्ट्री निर्माण गर्ने ।
२ भिडियो मार्फत पँहुच परियोजनाको मुख्य उपलब्धी, प्रभाव र यसका लागि अपनाईएका मुख्य मुख्य प्रक्रियाहरुको बारेमा सम्बन्धित सरोकारवालाहरुलाई देखाउने, बताउने । र, सम्बन्धित स्थानिय सरकारको वेवसाईटमा राख्ने ।
घ. भिडियो डकुमेन्ट्री निमार्णकर्ताले उपलब्ध गराउनुपर्ने सेवाहरु :
1.अवधारणा पत्र र स्क्रिप्ट (नेपालीमा लेखिएको)
2. समयतालिका सहितको फिल्ड योजना र कार्य योजना
3. रिभियू र कमेन्टको लागि पहिलो ड्राफ्ट भिडियो
4. रिभियू र कमेन्टको लागि दोस्रोे ड्राफ्ट भिडियो
5. अन्तिम भिडियो
6. वित्तिय कागजातहरु
7. भिडियो डकुमेन्ट्री निमार्णका लागि विधि :
कन्सलटेन्ट स्वयमले पनि आफ्नो अनुभवको आधारमा केहि विधि तथा तरिकाहरु सेयर गर्नसक्नुहुनेछ र उचित देखिएमा अवलम्बन गर्न सकिनेछ । सेभ द चिल्डेन र पहाडी क्षेत्र विकास अभियानले परियोजनाको बारेमा एकदिन बैठक राखेर सबै बताउनेछन, आवश्यक तथ्याकं, विवरण तथा जानकारी उपलब्ध गराउनेछन । परियोजना टिमले बताए अनुसारको अवधारणालाई भिडियो खिच्नका लागि कन्सल्टेन्ट स्वयमले विधि छनोट गर्नुपर्नेछ । भिडियो डकुमेन्ट्री निमार्णका लागि केहि विधि तथा प्रक्रिया तल उल्लेख गरिएकोछ ।
1- परियोजनाका रिर्पोटहरु, डकुमेन्टहरु अध्ययन गर्ने , हेर्ने , बुझ्ने ।
2-परियोजनाका कारण हासिल भएका उपलब्धीहरु, राम्रा अभ्यासहरु, सिकाईहरुको बारेमा जानकारी लिने र राम्ररी बुझ्ने ।
3- परियोजना, यसको उपलब्धी र प्रभावका बारेमा बुझिसकेपछि एउटा अवधारणा पत्र र स्क्रिप्ट तयार गर्ने ।
4-अवधारणा पत्र र स्क्रिप्टको आधारमा भिडियो कैद गर्नका लागि स्थान र व्यक्ति (पात्र) छनोट गर्ने, यसका लागि पहाडि क्षेत्र विकास अभियानको टिमले पनि सहयोग गर्नेछ ।
5- भिडियो खिच्नका लागि समय तालिक र कार्ययोजना तयार गर्ने ।
6-सोहि कार्ययोजना र समयतालिका अनुसार सम्बन्धित फिल्डमा गएर भिडियो खिच्ने ।
7- भिडियो खिच्दा स्थानिय सस्कृति र संस्कारलाई ध्यान दिने ।
च. भिडियो डकुमेन्ट्री निमार्णका लागि आवश्यक अनुभव तथा सिप :
सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटले परियोजनाको बारेमा गरेको ब्रिफ सेयरिङ र कुराकानीको आधारमा भिडियोग्राफीका लागि अवधारणा, स्क्रिप्ट तयार गरि भिडियो बनाउन सक्ने हुनुपर्नेछ । केहि आवश्यक अनुभव र सिपका बारेमा तल उल्लेख गरिएकोछ ।
1- कन्सल्टेन्टसंग भिडियोग्राफी सम्बन्धि कम्तिमा पनि २ वर्षको अनुभव भएको।
2- बालबालिकाको विकास, हेरचाह, पोषण, र सामाजिक सुरक्षा भत्ता कार्यक्रमका बारेमा राम्रो जानकारी भएको।
3- जाजरकोट र पँहुच परियोजना कार्यान्वयन भएका स्थानिय तहहरु शिवालय गाउँपालिका र भेरी नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, सास्कृतिक अवस्थाका बारेमा राम्रो जानकारी भएको ।
4- पृष्ठपोषणलाई सहर्ष स्वीकार गरि सोहि बमोजिम कार्य गर्ने क्षमता ।
5-स्थानिय भाषा बोल्ने र बुझ्ने ।
6-समयतालिका अनुसार कार्य सम्पादन गर्ने ।
छ. पेश गर्नुपर्ने आवश्यक कागजातहरु :-
1- व्यक्तिगत विवरण, संस्थागत अनुभव
2- फर्मको हकमा : दर्ता प्रमाणपत्र , पान÷भ्याट दर्ता प्रमाणपत्र, 0८०/0८१को कर चुक्ता प्रमाणको प्रतिलिपि
3- व्यक्तिको हकमा : नागरिकताको प्रमाणपत्र,पान÷भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि
4-व्यक्ति यदि कुनै संस्था वा कार्यालयको तलबी कर्मचारी भएको अवस्थामा सम्बन्धित संस्था वा कार्यालयबाट दिइर्एको नो अबजेक्सन लेटर ।
5- प्राविधिक र आर्थिक प्रस्तावना
6- व्यक्ति वा सस्थाले यो भन्दा अगाडि उत्पादन गरिसकेका भिडियो, रिल, फोटोहरुको लिंक छ भने सेयर गर्ने ।
7- छोटो सुचिमा परेका व्यक्ति तथा फर्मलाई मात्र सम्पर्क गरिनेछ ।
| क्र. सं. | कार्य | अनुमानित समय |
| 1 | परियोजनाको बारेमा बुझ्ने, जानकारी लिने, रिर्पोटहरु पढ्ने , सामाजिक सुरक्षा भत्ता कार्यक्रम, बाल पोषण, बालबालिकाको सिकाई, अभिभावकत्क सम्बन्धि रिफ्रेन्स रिभ्यू गर्ने । र, भिडियोग्राफीको लागि अवधारणा र स्क्रिप्ट तयार गर्ने । | ३ दिन |
| 2 | फिल्डमा गएर भिडियो खिच्ने । | ७ दिन |
| 3 | भिडियोको पहिलो ड्राफ्ट सेयर गर्ने । | ७ दिन |
| 4 | भिडियोको दोश्रो ड्राफ्ट सेयर गर्ने । | ७ दिन |
| 5 | भिडियोको तेश्रो ड्राफ्ट सेयर गर्ने । | ३ दिन |
| 6 | अन्तिम भिडियो सेयर गर्ने । | ३ दिन |
अनुमानित दिन :३०
अनुमानित सम्झौता हस्ताक्षर हुने मिति : २५ अगष्ट २०२५
अनुमानित कार्य शुरु हुने मिति : १ सेप्टेम्वर २०२५
अनुमानित कार्य समापन मिति : ३० सेप्टेम्वर २०२५
ज. अनुमानित बजेट :
कन्सलटेन्टले विस्तृत बे्रकडाउन सहित अनुमानित बजेट पेश गर्नुपर्नेछ । यसरी बजेट अनुमान गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने कर सहित समावेश गर्नुपर्नेछ । यस कार्यसंग सम्बन्धित सबै खर्च जस्तै खाना खाजा, बास, यातायात, संचार, बिमा सबै समावेश गरिनुपर्नेछ । कन्सलटेन्टको प्रतिव्यक्ति प्रतिदिन पारिश्रमिक पनि उल्लेख गरिनुपर्नेछ ।
झ. प्रस्तावना रिभ्यू तथा छनोटका आधारहरु :-
| क्र.सं. | मुख्य शिर्षक | अकं भार |
| 1. | टमको संरचना, शैक्षिक योग्यता, व्यवसायिक दक्षता र विषियवस्तुमा अनुभव | १५ प्रतिशत |
| 2. | सान्दर्भिक नमुनाहरु कम्तीमा ५ थान (विगतका निर्माण गरेका भिडियोहरु ) | १५ प्रतिशत |
| 3. | TOR को बुझाई विधि, तरिका, सृजनात्मकता | १५ प्रतिशत |
| 4. | अन्र्तरवार्ता | १० प्रतिशत |
| 5. | दिगोपना | ५ प्रतिशत |
| 6. | अनुमानित बजेटको सान्दर्भिकता | ४० प्रतिशत |
ञ. भुक्तानीको आधार र चरण :-
1. यस भिडियोग्राफी सम्बन्धि कार्यको लागि दुईचरणमा भुक्तानी गरिनेछ । यसका लागि पहाडी क्षेत्र विकास अभियानको आर्थिक शाखाले मागेका सबै आवश्यक कागजातहरु उपलब्ध गराउनुपर्नेछ । यसरी भुक्तानी गर्दा कर कट्टि गरेर हुन आउने रकम मात्र भुक्तानी गरिनेछ ।
2. पहिलो चरणको भुक्तानि : भिडियोग्राफीको पहिलो र दोश्रो ड्राफ्ट पहाडी क्षेत्र विकास अभियानलाई बुझाएपछि यस भिडियोग्राफीका लागि सम्झौता भएको जम्मा बजेटको (कर रकम सहति) पहिलो चरणको भुक्तानी स्वरुप ४० प्रतिशत रकम भुक्तानी गरिनेछ ।
3. दोश्रो चरणको भुक्तानी : भिडियोग्राफीको अन्तिम भिडियो पहाडी क्षेत्र विकास अभियानलाई बुझाएपछि यस भिडियोग्राफीका लागि सम्झौता भएको जम्मा बजेटको (कर रकम सहति) दोश्रो चरणको भुक्तानी स्वरुप ६० प्रतिशत रकम भुक्तानी गरिनेछ ।
ट.प्रस्तावना तथा आवश्यक कागजात पेश गर्ने प्रक्रिया :-
प्राविधिक तथा आर्थिक प्रस्तावना खामबन्दि गरि वा ईमेल मार्फत पहाडी क्षेत्र विकास अभियान जाजरकोटको कार्यालयमा बुझाउनुपर्नेछ । त्यसका लागि कार्यालयको ठेगाना तल उल्लेख गरिएकोछ ।
आपूर्ति विभाग, पहाडि क्षेत्र विकास अभियान
भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोट
ईमेल ठेगाना : [email protected] फोन नं. : ०८९ ४३००८९
प्रस्तावना बुझाउने अन्तिम मिति : ८ अगष्ट २०२५
प्रस्ताव (Proposal) बुझाउने निर्देशन र ढाँचा (Template)
“CSSP परियोजनाको प्रभावस्तरको भिडियो निर्माण सम्बन्धी परामर्श सेवा”
प्रस्ताव बुझाउने अन्तिम मिति: ८ अगस्ट २०२५
“प्रस्ताव विकासको लागि यो निर्देशन र ढाँचामा निम्न खण्डहरू समावेश छन्:”
१. खण्ड A: प्रस्ताव विकासको लागि निर्देशन
२. खण्ड B: प्रस्ताव विकास फारम
खण्ड A: प्रस्ताव विकासका लागि निर्देशन
कृपया प्रस्ताव फारम भर्नु अघि निम्न निर्देशनहरू ध्यानपूर्वक पढ्नुहोस् र पालना गर्नुहोस्।
१. निम्न अवस्थामा प्रस्ताव समीक्षा प्रक्रियाका लागि विचार गरिने छैन:
- यदि प्रस्ताव तोकिएको म्यादपछाडि प्राप्त भयो भने।
- यदि प्रस्ताव सही रूपमा सिलबन्द गरिएको छैन ।
- यदि ToR (Terms of Reference) मा उल्लेख गरिएका कुनै पनि आवश्यक कागजातहरू संलग्न छैनन्।
- यदि प्रस्तावदाताले दिएको जानकारी झूठा वा भ्रामक पाइयो भने।
- यदि प्रस्ताव अधुरो छ।
२. प्रस्तावसँगै प्रमुख आवश्यकताहरूका प्रतिलिपिहरू अनिवार्य रूपमा संलग्न गरिनुपर्छ।
प्रत्येक खाम (envelope) मा निम्न अनुसार ट्याग/लेबल स्पष्ट रूपमा टाँसिएको हुनुपर्छ — “समर्थन कागजातहरू,” “प्राविधिक प्रस्ताव,” र “आर्थिक प्रस्ताव।”
प्रस्तावको प्रत्येक पृष्ठमा संस्थाको छाप र हस्ताक्षर अनिवार्य रूपमा गर्नुपर्नेछ।
यी सबै कागजातहरू एक खाममा राखी लाह छाप (wax seal) गरी वा ईमेल ([email protected]) मार्फत पठाउनु पर्नेछ।
३. छनौट सूचीमा परेका फर्महरूलाई मात्र Hilly Region Development Campaign – HRDC ले प्रत्येक चरणमा सम्पर्क गर्नेछ।
खण्ड B: प्रस्ताव विकास फारम
- संस्था सम्बन्धी जानकारी (व्यक्तिगत सल्लाहकारका लागि लागू नहुने)
संस्थाको नाम : …………………………………….
ठेगाना : …………………………………….
फोन नम्बर : …………………………………….
इमेल : …………………………………….
२. सम्पर्क व्यक्तिको विवरण
नाम : …………………………………….
पद : …………………………………….
फोन नम्बर : …………………… (ल्याण्डलाइन) ……………………. (मोबाइल)
इमेल : …………………………………….
कृपया तपाईंको संस्था/आफ्नो जानकारीका आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्
1.ToR(Terms of Reference)को बारेमा तपाईंको बुझाइ के हो? …………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
- Please mention methodology that will used for this assignment.कृपया यस कार्यका लागि प्रयोग गरिने कार्यविधि उल्लेख गर्नुहोस् ?
…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….
- Please write below the relevant experience/assignments of proposed consultancy (NA in case of individual consultant).कृपया तल प्रस्तावित परामर्श सेवासम्बन्धी सम्बन्धित अनुभव/कार्यहरू लेख्नुहोस् (व्यक्तिगत सल्लाहकारका लागि लागू नहुने)।
…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
4.Please describe team member’s (Lead and co-consultants) qualification and relevant experience/assignments for this assignment.कृपया यस कार्यका लागि टोली सदस्यहरू (नेतृत्वकर्ता र सह-सल्लाहकारहरू) को योग्यता र सम्बन्धित अनुभव/कार्यहरू वर्णन गर्नुहोस्।
…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
- How do you assure quality of assignment?तपाईंले कसरी यो कार्यको गुणस्तर सुनिश्चित गर्नुहुन्छ?
.………………………………………………………………………………………………………………………………………………..….……………………………………………………………………………………………………………………………………………… …………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….
- Please mention below the total proposed budget with specific breakdown.कृपया तल कुल प्रस्तावित बजेट र त्यसको विस्तृत विवरण उल्लेख गर्नुहोस् ?
………………………………………………………………………………………………………………………………………………….………………………………………………………………………………………………………………………………………………….………………………………………………………………………………………………………………………………………………….…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
- 7. Deliverables with timeline (in table format) टाइमलाइन सहित उपलब्ध गराइने वस्तुहरू (तालिका स्वरूप)
अनुमानित सुरुवात मिति:
अनुमानित समाप्ति मिति:
हस्ताक्षर:………………………………….
नाम:
सम्पर्क नम्बर:
मिति:




























प्रतिक्रिया दिनुहोस्