सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक २६ गते बुधबार

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे



२५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइटीका पर्व मनाउँदैछन् । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका तथा मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट रहेको छ।

यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २०८३ कात्तिक २६ गते बुधबार