जाजरकोट । यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले जाजरकोट जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपकरण तथा फर्निचर हस्तान्तरण गरिएको छ।
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र Ipas नेपाल बीचको संयुक्त साझेदारीमा सञ्चालित दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सबलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली (SRHR) परियोजनाअन्तर्गत उक्त सामग्री वितरण गरिएको हो। परियोजनाअन्तर्गत जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोट , नलगाड नगरपालिकामा रहेको नगर अस्पताल सोही नगरपालिकाको वडा नं. १२ मा अवस्थित भगवती स्वास्थ्य चौकीसहित संस्थाअन्तर्गतका गाउँघरका क्लिनिकलाई आवश्यक स्वास्थ्य उपकरण तथा फर्निचर हस्तान्तरण गरिएको हो।


उक्त कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर रावत, उप–प्रमुख देवका लामिछाने, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्त, वडाध्यक्षहरू, नगलाड नगरपालिकाका स्वास्थ्य संमयोजक तप्त चनारा, कार्यक्रम संयोजक भीम बहादुर साउद, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य उपकरण तथा फर्निचहरुको कुल लागत रु. ५ लाख ७५ हजार थियोे ।
हस्तान्तरण गरिएका सामाग्रीहरुले विशेष गरि ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाबाट गुणस्तरीय याैन प्रजनन स्वास्थ्य सेवा प्रवाह गर्न सहयोग पुग्ने बिश्वास लिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।
































प्रतिक्रिया दिनुहोस्