सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक २६ गते बुधबार

ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक सम्झना लाई क्या दिउ बैना मेरो माया झुठो होइन,



यो मुटुमा तमि बाहेक अरु कोहि छैन .. जब स्टेजमा नयाँ गितको म्यूजीक भिडियो सार्वजनिकिकरण भयो उपस्थित सबै सहभागिहरु गितको म्यूजिक भिडियोमा झुम्मिएका थिए ।
बास नेपालको समन्वयमा आज नेपालगन्जमा चर्चित गायक सुनिल सिँह ठकुरीको नयाँ गित ओ मेरा छोर्याट्टिको सार्वजनिकीकरण कार्यक्रमका गितको सार्वजनिकीकरणसँगै गायक ठकुरीले स्टेजमा नयाँ गितको लाइभ प्रस्तुतीकरण समेत गरेकाथिए । उहाँले स्टेजमा लाइभ गित गाइरहदा कार्यक्रममा उपस्थित रहेकी मोडल करिष्मा शाही ठकुरी समेत स्टेजमा आएर नाच्न थालेपछि सबै सहभागिहरु गितमा रमाएका थिए ।


पश्चिम नेपालको भाषामा रहेको उक्त नयाँ गितको सार्वजनिकीकरण बरिष्ट संगितकार एबम् कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश शर्माले गरेका थिए । लाइभ प्रस्तुतीकरण पश्चात गायक ठकुरीले तिहारको समयमा गित सार्वजनिकीकरण कार्यक्रममा सहभागि सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश शर्माले नया प्रतिभाहरुको लगाव थियौ ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार