जाजरकोट सारदा मगर । फागुन २० केवल मेरो जन्मदिन मात्र होइन, मेरो यात्राको स्मरण गर्ने दिन हो। आज म जहाँ उभिएकी छु, त्यो सजिलै सम्भव भएको छैन। यस पछाडि संघर्षका दिनहरू, आँसुका क्षणहरू, साहसिक निर्णयहरू र निरन्तर प्रयासको लामो कथा छ। प्रत्येक चुनौतीले मलाई सिकाइ दिएको छ र हरेक सफलताले मेरो आत्मविश्वास बढाएको छ।
वि.सं. २०७३/७४ सालमा म Radio Jajarkot FM 105.6 MHz सँग जोडिएँ। आर्थिक व्यवस्थापन गारो थियो, कम अनुभव भए पनि मनभित्र ठूलो सपना थियो- आफ्नो आवाज स्थानीय जनतासम्म पुर्याउने। बिहानै उठेर एफएम पुग्दा विज्ञापनमा आफ्नै आवाज बज्दा मन खुसीले फुरुङ हुन्थ्यो। “शुभ बिहानी” कार्यक्रम आर्थिक रूपले खासै लाभदायी नभए पनि घर–घरका रेडियोमा मेरो आवाज गुन्जिनु अविस्मरणीय अनुभव थियो। प्रायः खाना समयमै खाइएन, समयमा सुतिएन -दिनरात रेडियोकै संसारमा रमाउँथेँ, संगीतको दुनियामा मस्त भइ। अभावका दिनमा आमा- बुवासँग सहयोग माग्दै केही वर्ष त्यहाँ टिक्न सकेँ ..अर्को रेडियो तिर लागियो ।
त्यसपछि जाजरकोटकै पुरानो र स्थापित Radio Khalanga FM 107.6 MHz मा काम गर्ने अवसर मिल्यो। त्यहाँ समाचार लेखन, प्रस्तुति शैली र रिपोर्टिङका कामहरू सिक्ने मौका पाएँ। रेडियो मेरो लागि केवल काम थिएन- त्यो मेरो सिकाइ, आत्मविश्वास र पहिचान निर्माण गर्ने थालो बन्यो। अहिले म Radio Hamro Pahila FM मा हल्का पार्ट–टाइम रिपोर्टरको रूपमा आबद्ध छु र कहिलेकाही जाजरकोट साझा खबरमा रिपोर्टिङ गर्दैछु । “छोरीले पनि केही गर्न सक्छिन्” भन्ने हौसला दिने विशेष आमा- बुवा, बालकुमार सर ,लिला मेडमको सल्लाहले मलाई अझ अघि बढ्न बल दिएको हो । मिडिया संचार माध्यममा आबद्ध सबै आदरणीय ब्यक्तित्वहरु सबैलाई सम्झेको छु ।
आज म Sharda Bahuuddeshiya Media Pvt. Ltd. द्वारा सञ्चालित Karnaliclick.com को सञ्चालकको रूपमा कार्यरत छु। सानो स्टुडियोबाट सुरु भएको मेरो यात्रा आज आफ्नै मिडिया प्लेटफर्मसम्म आइपुगेको छ। यात्रा अझै सहज छैन, जिम्मेवारी थपिएका छन्, चुनौतीहरू झन बढ्दै छन्, तर हरेक कठिनाइले मलाई अझ बलियो बनाएको छ।
यसै बीचमा म आफ्नो शैक्षिक यात्रा पनि जारी राख्ने तयारीमा छु। मेरो B.Ed. पनि यो बर्ष सकिदै छ , जसले मलाई अझ व्यवस्थित सोच, ज्ञान र नेतृत्व क्षमता दिन्छ। यात्रामा मलाई शिक्षण यात्रामा १देखि / B.Ed सम्म आउदासम्मका मेरा सबै आदरणीय गुरुहरु प्रती हार्दिक नमन छ , धेरै सम्झेको छु , मीठो सम्झना, प्रेरणा सल्लाहको अपेक्षा गर्दैछु। म ठुलै नभने पनि मेरो यात्रा, आवाज , मेरो कलम रोकिँने छैन । मेरो प्रयास मेरो यात्राले म जस्तै दिदिबहिनीहरुलाई थोरै प्रेरणा मिलोस् भन्ने अपिक्षा लिएकी छु , धन्यवाद ।






























प्रतिक्रिया दिनुहोस्