जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। सामाजिक अभियन्ता विर्खबहादुर कार्कीको अध्यक्षतामा वसेको बैठकमा भेरी नगरपालिकामा रहेका प्रमुख पार्टीका प्रमुखहरु स्थानीय संघ संस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने समसामयिक विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको थियो ।
बैठकमा उपस्थित सदस्यहरूको सहभागितामा विभिन्न प्रस्तावहरू पेश गरेका थिए । जसअन्तर्गत समिति गठन, योजना निर्माण तथा कार्यान्वयन, बजेट विनियोजन लगायतका विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको बैठक विवरणमा उल्लेख गरिएको छ।
बैठकले विशेषगरी स्थानीय विकासलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रगत समितिहरू गठन गर्ने निर्णय गरेको छ। जसअनुसार राजनीतिक क्षेत्र, जिल्ला स्थित विभिन्न कार्यालयहरू, उद्योग व्यवसाय क्षेत्र, निर्माण व्यवसायी, कृषक समूह, मानव अधिकार क्षेत्र, यातायात व्यवस्था, सामुदायिक वन तथा सहकारी क्षेत्रका प्रतिनिधिहरूलाई समेटेर समिति निर्माण गरिने निर्णय भएको छ। प्रत्येक क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी ढंगले समिति गठन गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, बैठकले योजना कार्यान्वयनका लागि आवश्यक संयन्त्र तयार गर्ने, समन्वयात्मक ढंगले काम गर्ने र विकास गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ। साथै, आगामी दिनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न तथा आवश्यक स्रोत व्यवस्थापन गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने सहमति पनि गरिएको छ।
बैठकमा पेश भएका अन्य प्रस्तावहरूमा कार्ययोजना निर्माण, अनुगमन तथा मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने, तथा विभिन्न सरोकारवाला निकायहरूबीच समन्वय बढाउने विषयहरू पनि समेटिएका थिए। यी प्रस्तावहरूलाई पनि सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

यसैबीच, बैठकले विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ भने ती उपसमितिहरूले आफ्नो कार्यक्षेत्रभित्र रही प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
समग्रमा, बैठकले स्थानीय तहमा सुशासन कायम गर्दै विकास गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू गरेको वैठकका सहभागी मुकुन्द प्रसाद शर्माले जानकारी दिनु भयो ।
आज वसेको वैठकमा रास्वपाका भेरी नगर सभापती ओम भक्त कार्की नेपाली काग्रेंसका भेरी नगर सभापती शशीराम वुढा , नेकपा एमालेका नगर अध्यक्ष मुकुन्द प्रसाद शर्मा , नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष दिपक वस्नेत , नेकपा माओवादीका जिल्ला सेक्रेटरी विराजन शाही लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सल्लाहकारको रुपमा पत्रकार तथा सुशासन अभियन्ता बालकुमार शर्माको सहभागीता रहेको थियो । आज वसेको वैठकले शर्मालाई आगामी शनिवार वस्ने वैठकमा पेश गर्ने गरि भेरी सरकार समितिको आचारसंहिता तथा समस्या पहिचान र विश्लेषतथा तथा कार्यान्वयणका लागि कार्यविधि बनाउन आवश्यक जिम्मेवारी समेत दिएको छ । शनिवार कार्यविधि मार्गदर्शनका विषयमा छलफल हुने छ । यस्तै भेरी नगरपालिकाको वडा नं. १ देखि १३ सम्म भएका विभिन्न कामहरुको प्रभावकारीता वृद्धि गर्न समितिले आवश्यक समन्वयकारी तथा खवरदारी कार्य गरि सुशासन कायम गराउन आवश्यक पहल गर्ने उदेश्य राखेको छ पहिलो चरणमा भेरीमा शुरुवाता गरिएको र विस्तारै वडा हुदै जिल्लामा पनि गठन गर्ने गरि अभियान अगाडी वढाएको प्रस्तावित संयोजक विर्ख बहादुर कार्कीले जानकारी दिनु भयो । संयोजकको जिम्मेवारी ३,३ महिनामा रोटेशनमा परिर्वतन गर्ने गरि मार्गदर्शन तयार पारिदै छ यस्ले स्थानीय स्तरमा सुशासन र सेवाको प्रभावकारीतामा वृद्धि गर्ने अपेक्षा राखेको छ भने , नागरिकमा नेतृत्व गर्ने क्षमताको विकास समेत गराउने छ ।





























प्रतिक्रिया दिनुहोस्