जाजरकोट । आज साउन १५ नेपाली समाजमा खीर खाएर मनाइँदै छ । यस दिनमा नेपाली समाजमा खीर खाने प्रचलन रहेको छ । असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा प्राचीनकालदेखि नै रहीआएको हो ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा विभिन्न प्रकारका मरमसाला किसमिस, काजू, नरिवल आदि हालेर विशेष तवरले खीर पकाएर इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने गरिन्छ ।
संस्कृत भाषामा खीरलाई पायस र कतै–कतै यसलाई तस्मै पनि भन्ने गरिन्छ । खीर सात्विक आहार भएकाले यसको प्रयोग पितृ एवम् देवकार्यमा समेत गर्ने गरिन्छ ।
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।



































प्रतिक्रिया दिनुहोस्