सुर्खेत । सुर्खेतमा फोर्स गाडीको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।
आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ निवासी अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको टाउकोमा गहिरो चोट लागेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार




























प्रतिक्रिया दिनुहोस्