काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिएको हमलालाई “शक्तिशाली र प्रभावकारी” भएको दाबी गरेका छन्। उनले उक्त आक्रमणमा इरानका धेरै उच्चस्तरीय नेतृत्व मारिएको विश्वास व्यक्त गरेका छन्।
ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आक्रमणले इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरे। यद्यपि, मारिएका भनिएका नेताहरूको आधिकारिक पुष्टि भने भएको छैन।
यसअघि इरानले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै प्रतिकार गर्ने संकेत दिएको थियो। पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रको तनाव झनै चर्किएको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार दुवै पक्षबाट आक्रामक अभिव्यक्ति र सम्भावित प्रतिआक्रमणको तयारी भइरहेकाले तत्काल युद्धविरामको सम्भावना न्यून देखिएको छ। स्थिति अझै स्पष्ट भइनसकेको र आधिकारिक पुष्टि कुरेर मात्र निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ।





























प्रतिक्रिया दिनुहोस्