जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा बुधबार बिहान ११ बजे बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ,भने ४ जना घाइते भएका छन्। छेडागाड–९ पजारुबाट थलह तर्फ आउँदै गरेको ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनामा छेडागाड–९ पजारु निवासी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चालक कृष्ण अधिकारी सहित ४ जनालाई उपचारका लागि नगर अस्पताल वडावन पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो ।
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार




























प्रतिक्रिया दिनुहोस्