जाजरकोट । जाजरकोट दरबार कप तथा खुल्ला भलिवल प्रतियोगिताको तृतीय पुरस्कारको प्रायोजन थकाली भान्सा घर एण्ड लजले गर्ने भएको छ। जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा हुने ५३ औँ रमाइलो मेला–२०८२ को अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको तृतीय पुरस्कार राशि १ लाख १५३ रुपैयाँ रहेको छ।
हाम्रो जाजरकोट, हाम्रो गौरव’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको रमाइलो मेलालाई सफल बनाउन तथा युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रायोजन गरिएको थकाली भान्सा घर एण्ड लजका सञ्चालक माया शाहीले बताउनुभयो। जाजरकोट खलंगा ठाँटीबजार न्यू रोडमा रहेको उक्त होटल विगत सात वर्षदेखि सेवा दिँदै आएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख १५३, द्वितीय पुरस्कार २ लाख १५३ र तृतीय पुरस्कार १ लाख १५३ रुपैयाँ रहेको छ। रमाइलो मेलाले जिल्लाको पहिचान, संस्कृति र खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
यसैबीच, रमाइलो मेलाको भलिवल प्रतियोगितामा ठूलो मनले सहयोग गर्नुभएको माया शाहीको योगदानबाट जाजरकोटी युवाहरूलाई ठूलो हौसला मिलेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयो। उहाँले यस्ता सहयोगले जिल्लामा खेलकुदको विकाससँगै युवाहरूलाई सकारात्मक र अनुशासित दिशातर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।




























प्रतिक्रिया दिनुहोस्