सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ माघ १६ गते शुक्रबार

सुर्याेदय मा.वि.काे अध्यक्षमा थापा



जाजरकोट पाैष ७ । जाजरकोट सुर्योदय माद्यामिक विद्यालय नलगाड ३ कैनाकाे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा प्रशान्त थापा भएका छन्। निर्विरोध रुपमा थापालाई विद्यालयकाे अध्यक्ष पदमा चुनिएको थियाे। ६ जना समिति सदस्यहरुमा भुमि लाल पुन , अनिता बुढा वली, मनमाया थापा ,दिलमाया बुढा मनोनीत सदस्यमा ,भर्दकली रोका र गोविन्द खड्का शिक्षक प्रतिनिधि सदस्य सर्वसम्मतिले चुनिएको हाे।

विद्यालयका प्रधानाध्यापक नर बहादुर शाहीका अनुसार शिक्षा ऐन अनुसार ३ वर्षमा पु:न वि.वि.स गठन गर्नुपर्ने भएकोले गरिएको छ। अभिभावकबिच कुनै पनि बिवाद नरहेपछि थापालाई नै अध्यक्ष पदमा राखिएको हाे।थापा अभिभावकका हुनुकाे साथै जग्गा दाता पनि रहेकाे शाही बताउँछन् । सुर्याेदय माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिजस्तो गरिमामय पदमा निर्विरोध चयन गरिदिनुहुने सम्पुर्ण अभिभावक बुद्धिजीवी शिक्षकज्युहरुप्रती हृर्दयदेखि नै नमन प्रकट गर्दछु।हजुरहरुको माया ,सदभाव र हौसलालाई आफ्नो कार्यकाल रहदा सम्म कहिल्यै पनि कमि हुन दिने छैन।तपाईंहरुलाई धेरै धन्यवाद ।अध्यक्ष थापा भन्छन्,

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार