जाजरकोट । सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोट शाखाले नलगाड नगरपालिका–१ कल्पतका स्व. प्रकाश पुनको परिवारलाई मृत्यु दाबीबापतको बिमा रकम हस्तान्तरण गरेको छ। जाजरकोट शाखा प्रमुख गोविन्द बहादुर बुढाले एक औपचारिक कार्यक्रम गर्दै स्व. पुनकी श्रीमती खिमा कुमारी पुनलाई रु. ६,२०,०००/- को चेक हस्तान्तरण गरेका हुन्।

स्व. प्रकाश पुनले २०८१ साल असार ३१ गते छोरा विश्व प्रकाश पुनको नाममा सिटिजन बाल भविष्य प्लस बिमा योजना लिएका थिए। उनले रु. ५,७०,०००/- बिमाङक राखी, वार्षिक रु. ३९,३००/- प्रिमियमसहित १८ वर्ष अवधिको बिमा गरेका थिए। तर, बिमा गरेको एक वर्ष नपुग्दै २०८२ साल असार ३ गते उनको मृत्यु भएको थियो।
सर्वाधिक सुविधासहितको बाल भविष्य प्लस योजनाअनुसार परिवारले बिमाङ्क रकम रु. ५,७०,०००/- र काजकिरिया खर्च रु. ५०,०००/- गरी जम्मा रु. ६,२०,०००/- प्राप्त गरेको शाखाले जनाएको छ।
यस योजनाअन्तर्गत अन्य सुविधाहरू पनि उपलब्ध छन्—
प्रीमियम वेभर बेनेफिट (PWB) मार्फत बाँकी १७ वर्षको प्रिमियम कम्पनीले आफैँ भुक्तानी गर्ने। मासिक आय लाभ (MIB) अनुसार २०८२ को साउन महिनादेखि प्रत्येक महिना रु. ५,७००/- बालकको खातामा जम्मा हुँदै जाने।वार्षिक: रु. ६८,४००/- १७ वर्षमा जम्मा: रु. ११,६२,८००/- बिमा अवधि पूरा भएपछि बिमाङक रु. ५,७०,०००/- र बोनस एकमुष्ट प्रदान गरिने।
मृतककी श्रीमती खिमा कुमारी पुनले प्राप्त रकम जीवनको आधार भएको बताउँदै सबैलाई समयमै बिमा गर्न आग्रह गरेकी छन्।कार्यक्रममा शाखा प्रमुख गोविन्द बहादुर बुढाले दुर्गम क्षेत्रका नागरिकका लागि बिमाको आवश्यकता अझ बढ्दो रहेको बताउँदै सिटिजन लाइफले गाउँदेखि सहरसम्म सेवा पुर्याइरहेको जानकारी दिए।
गोविन्द बहादुर बुढा
शाखा प्रमुख सिटिजन लाइफ इन्स्योरेन्स क. लि.जाजरकोट
मोबाइल: ९८५८०८६३३०




























प्रतिक्रिया दिनुहोस्