सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

युवा गैसस महासँघ बाँकेको अध्यक्षमा कार्की चयन



नेपालगञ्ज । युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको अध्यक्षमा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की चयन भएका छन् ।
युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले कार्कीको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश डा. शिल्पिना बुढामगर, गणेश भट्टराई र मोहनलाल सोनकर चयन भएका छन् । भने सदस्यहरुमा क्रमशः शोभा थापा मगर, ऋतिक शाही, बिनिता चिडिमार, वंग बहादुर घर्ती क्षेत्री र अमरेश सिंह चयन भएका छन् ।O

युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष अर्जुन कार्कीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत तथा बाँकेमा युवासंस्थाहरुको अवस्थाको बारेमा बोलेका थिए । यसैगरी गैसस महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले युवा गैर सरकारी संस्थाले गर्ने कार्यमा गैरसरकारी संस्था महासँघ बाँकेको पूर्ण सहयोग र सहकार्य रहने बताएका थिए ।
जिल्ला भेलाले युवा गैर सरकारी संस्था महासँघ बाँकेका पूर्ब अध्यक्ष अर्जुन कार्की, पुर्ब उपाध्यक्ष रेशम परियार र पुर्ब सहसचिव किरण गिरीलाई सल्लाहकारमा चयन गरेको छ । युवाको क्षेत्रमा काम गर्ने सस्थाहरुको छाता संगठनको रुपमा २०६५ सालमा स्थापना भई कार्यरत महासंघ युवा सरोकारका बिषयहरुमा देशभर आवाज उठाउदै आएको छ ।

 

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार