सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १० गते आइतबार

जाजरकोटमा वन सुरक्षा समन्वय समितिको बैठक सम्पन्न



जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटको वार्षिक कार्यतालिका अनुसार आर्थीक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वन सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठक जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा डिभिजनल वन अधिकृत दिपेश के.सी. सहित करिब १५ जना सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा डिभिजनल वन अधिकृत के.सी.ले कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम तथा वन सुरक्षा सम्बन्धी योजना बारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले वन सुरक्षासम्बन्धी महत्वपूर्ण निर्देशनहरू प्रदान गरेका थिए।

बैठकमा जिल्लामा देखापर्ने वन सुरक्षा सम्बन्धी समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। सो अवसरमा आ.व. २०८२/८३ को वन सुरक्षा कार्ययोजना पारित गर्दै बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार