
२३ भदौ, काठमाडौं । चर्को विरोध र सत्तारुढ दलभित्रै दबाब बढेपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, युट्युब, टेलिग्राम, टिकटकलगायत सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका छन् । तर, मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति सरकारले कुनै पश्चाताप नगरेको स्पष्ट पारे । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले भने ।
सरकारले गत सातादेखि सामाजिक सञ्जालहरू बन्द गरेको थियो । तर, त्यसका विरुद्धमा देशभर विरोध प्रदर्शन चर्किएको थियो । विरोधका क्रममा विभिन्न घटनामा परी १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्