
भदौ, काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघि फेसबुक बन्द गरेको हो।
अहिले वर्ल्डलिंकको आईपी एड्रेसमार्फत फेसबुक चल्न छाडेको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशनअनुसार फेसबुक बन्द गरिएको जानकारी दिएका छन्।
इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) का अध्यक्ष सुधिर पराजुलीका अनुसार प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकमार्फत बन्द हुनका लागि केही समय लाग्नेछ। “सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसकेको छ। विस्तारै सबै बन्द हुँदै जान्छन्,” उनले भने।
यस्तै, नेपाल टेलिकमले पनि नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको जनाएको छ। बिहीबार टेलिकमले जारी गरेको सूचनामा प्राधिकरणको आदेशअनुसार फेसबुकसहितका दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्