सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

अफगानिस्तान भूकम्प : मृतक ८ सय नाघे, घाइते २ हजार ८ सयभन्दा बढी



पूर्वी अफगानिस्तानमा आइतवार मध्यरात गएको ६ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ८ सय नाघेको छ भने कम्तीमा २,८०० जना घाइते भएका छन्। भूकम्पको केन्द्र जलालाबाद नजिकै भएको बताइएको छ।

प्रभावित कुनार प्रान्तमा पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ। तालिबान सरकारले हेलिकप्टरमार्फत उद्धार अघि बढाएको छ। यो अफगानिस्तानमा हालसम्मका भीषण भूकम्पमध्ये एक मानिएको छ।

काठमाडौं ।
पूर्वी अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको भीषण भूकम्पमा परी मृतकको सङ्ख्या ८ सय नाघेको छ भने घाइते हुनेको संख्या २,८०० भन्दा बढी पुगेको छ। समाचार संस्था रोयटर्सले तालिबानी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको हो।

भूकम्प आइतवार मध्यरातमा पाकिस्तानको ठूलो शहर जलालाबादबाट करिब २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर गएको थियो। परकम्प जाने क्रम अझै जारी छ।

प्रभावित कुनार प्रान्तमा पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ। तालिबान सरकारले हेलिकप्टरमार्फत उद्धार अघि बढाएको जनाएको छ।

यो अफगानिस्तानको हालसम्मकै भीषण भूकम्पमध्ये एक हो। यसअघि सन् २०२२ मा गएको भूकम्पमा झन्डै १ हजार मानिसको ज्यान गएको थियो।

 

प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार