जाजरकोट,साउन २२ । जाजरकोटको भेरी नगरपालिका–२ डिङ्गा स्थित ढ्याङ्ग्रयाचोर नजिकैको भीरबाट लडेर ४८ बर्षकी खिमी पुनको ज्यान गएको छ ।
स्थानीयका अनुसार पुन गाईबाख्रा चराएर घर फर्किने क्रममा करिब ७० मिटर तल खसेर निधन भएको हो । उनिलाई परिवारजनले रातिसम्म खोजी गरेपछि मात्र ८ बजे पछि मृत अवस्थामा फेला परेकी हुन ।
पुन मंगलबार साँझ ७ बजे गाईबाख्रा चराएर घर फर्किने क्रममा खसेर ज्यान गएको हो । स्थानियवासीका अनुसार उनी मेहनती, सहयोगी र परिवारप्रति समर्पित महिला थिइन्।
अचानक भएको यस दुःखद घटनाले गाउँ शोकमा परेको छ । स्व. पुनका श्रीमान्, एक छोरा र दुई छोरी छन्। दुवै छोरीहरूको विवाह भइसकेको बताएको छ।
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार





























प्रतिक्रिया दिनुहोस्