२९ असार, हेटौंडा । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रमख अधिकृत पक्राउ परेका छन् ।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय प्रमुख मधुसुदन राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार



































प्रतिक्रिया दिनुहोस्