सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

नलगाडमा स्थानियले गरे तालाबन्दी



असार २६, जाजरकोट । नलगाड नगरपालिका ४ का स्थानिय बासीले वडा कार्यलयमा तालाबन्दी गरेका छन्। बुधबार स्थानियबासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।भुकम्पछिका सबै घर बस्न लायकका छैनन् तर सरकारले अपमानजजक रुपमा विभेद गरिएको र डिडिए गरेकाे पनि समान जनक नभएको बताएका छन्।

नलगाड नगरपालिका ४ बाउसेखाेलाका महेन्द्र बाेहरा भन्छन्।जबसम्म सरकारले ढुङ्गा र माटाेले बनेका घर बस्न लायक छैन भनेर समान जनक रुपमा काम गर्दैन तबसम्म हाम्रो तालाबन्दी कायमै रहन्छ ।पालिकामा गएर पनि जनता ताला लाउन परेपनि हामी जान्छाै बाेहरा बताउछन् ।याे सबैले मिलेर सहकार्य गर्नुपर्छ ।वडा सरकार ,नगरसरकार,प्रदेश देखि केन्द्र सम्मलाई बिउझाउन तालाबन्दी गर्नुपरेकाे सावित्रा वली बताउँछिन् ।

१हप्ता अगाडि ३नम्बर वडा कार्यालयमा ताला बन्दी गरिएको थियाे।नलगाड ३ को वडा कार्यालय अनिश्चितकालिन रुपमा स्थानीय बासीले तालाबन्दी गरेका हुन् ।नलगाड नगरपालिकाभरि सामान्य मर्मतमा २ सय ८५ घर प्रबलिकरणमा २सय ९४ ,पुन:निर्माणमा २हजार ६सय ७३ गरेर जम्मा ३हजार २सय ५२घर रहेका हुन्।अन्य वडातिर पनि श्रीमती श्रीमान गरेर फरक फरक पाएका छन्।५ कालिमाटी र ७ दल्ली घरभएकाले पनि दुई तिर नाम आउने तर माटाेबाट बनेका घर पुन:निर्माणकार्यमा परेकाे छैन। सबै जनताकाे घर छानबिन गरि नाम सच्चाउन माग गरेका हुन्। वडा अध्यक्ष बद्वी पन्त समान रुपमा डिडिएमा एकरुपता कायम नभएकोले याे समस्या आएकाे बताउछन्।तत्काल रुपमा न्यायाेचित रुपमा कार्य गरिनुपर्छ ।भुकम्पपछि सबै जनताका घर बस्न लायकका छैनन् । पक्की घर हुनेकाे पनि नाम परेकाे न्यायाेचित रुपमा सच्याउन आग्रह गरिएको पन्त बताउछन् ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार