नेपाल भ्रमणमा रहेको मलेशिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभएको हो ।उहाँले निजी क्षेत्रलाई लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको र नीतिहरू लगानीमैत्री रहेको बताउनुभयो । लगानीका लागि सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।भेटपछि परिषद्का अध्यक्ष कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार



































प्रतिक्रिया दिनुहोस्