युकेस्थित प्रतिष्ठित समाचार संस्था रोयटर्सले सन् २०२५ को ‘Digital News Report’ प्रकाशित गरेको छ। रिपोर्टले समाचार प्राप्त गर्ने माध्यमहरूमा विश्वव्यापी रूपान्तरण भइरहेको उल्लेख गरेको छ।
रिपोर्ट अनुसार, सामाजिक सञ्जाल, युट्युब, टिकटक र पडकास्टजस्ता डिजिटल प्लेटफर्महरूमा समाचार खोज्ने चलन तीव्र गतिमा बढिरहेको देखिन्छ। यस प्रवृत्तिले परम्परागत पत्रकारिता संस्थाहरूको पहुँचमा गम्भीर प्रभाव पारेको विश्लेषण गरिएको छ।
सर्वसाधारणले अब संस्थागत मिडिया होइन, आफ्नो समय र रुचिअनुसार सामग्री उपभोग गर्न मिल्ने माध्यममा बढी भरोसा गर्न थालेका छन्।
रिपोर्टमा अमेरिका, एशिया, ल्याटिन अमेरिका, र पूर्वी युरोपसम्म डिजिटल माध्यममार्फत समाचार खोज्ने चलन फैलिएको उल्लेख छ। विशेषगरी अमेरिका र ट्रम्पको कार्यकालदेखि सुरु भएको सामाजिक सञ्जालमा राजनीतिक–सामाजिक बहसको चलनले यो रूपान्तरणलाई तीव्रता दिएको हो।



































प्रतिक्रिया दिनुहोस्