इरानले इसराइलको अस्पतामा हमला गरेको छ। बिहीबार इसराइलको दक्षिणी सहरको बेर्सेबास्थित सोरोका मेडिकल सेन्टरमा इरानले हमला गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ।
इरानको रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सम्बद्ध फार्स समाचार एजेन्सीले अस्पतालको छेउमा रहेको इजरायली सैन्य सुविधाहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको छ।इरानको आक्रमणबाट अस्पतालमा क्षति पुगेको बताइएको छ। केही भागमा क्षति पुगेपछि त्यहाँबाट मानिसहरूलाई बाहिर निकालिएको छ।
इरान-इसराइल तनावबीच इरानल पहिलोपटक अस्पतालमा आक्रमण गरेको हो।अस्पतालमै आक्रमण भएपछि इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमाथि कठोर हमला गर्न निर्देशन दिएका छन्।
आइआरजिसीले हमलामा आत्मघाती ड्रोन र रणनीतिक मिसाइलकहरूको प्रयोग गरिएको भनेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। इजराइलका रक्षामन्त्री इसराइल कात्जले इरानमाथिको आक्रमण तीव्र बनाउने बताएका छन्।अहिलेसम्म इरानमा २२४ जना र इसराइलमा २४ जना मृत्यु भएको बताइएको छ।



































प्रतिक्रिया दिनुहोस्