काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले लामो समयदेखि अड्किएको संघीय निजामती सेवा विधेयक संसद्मा चाँडै पारित गर्न सरकारलाई माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा, विद्यालय शिक्षा र नागरिकता सम्बन्धी विधेयकहरूलाई अगाडि बढाउन जोड दिनुभयो।
संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा पेश भइसकेको छ। तर असार ३ गतेका लागि कार्यसूची तय भए पनि अन्तिम समयमा हटाइएको थियो।
सचेतक पाण्डेले विधेयक पारित नगरी संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको कर्मचारी व्यवस्थापन समस्या समाधान नहुने जिकिर गर्नुभयो।
उनले सरकारको घोषणाले र व्यवहारले मेल नखाएको भन्दै विधेयक छिटो पास गरी संघीयता सुदृढ बनाउने माग दोहोर्याउनुभयो।
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्