सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

भेरीमा बालगुनासो टिपाउन टोल-फ्रि सुविधा



जाजरकोट । जाजरकोट मा बालबालिकामाथि हुने सबै प्रकारका शारीरिक, मानसिक हिंसा, दण्ड, दुर्व्यवहार तथा शोषणजन्य घटनाहरूको प्रभावकारी व्यवस्थापन गर्न र बालबालिकाका गुनासोहरूलाई समयमै सम्बोधन गर्नका लागि भेरी नगरपालिकाले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ।

अबदेखि बालबालिका स्वयं वा उनीहरूका अभिभावक, शिक्षक, वा सरोकारवाला व्यक्तिहरूले सो टोल फ्रि नम्बरमा फोन गरी बालबालिकासम्बन्धी समस्या, गुनासा वा जानकारी राख्न सक्नेछन्। यो सेवाका लागि कुनै शुल्क लाग्ने छैन।

नगरपालिकाका अनुसार उक्त नम्बरमा प्राप्त गुनासा तथा सूचना तत्काल सम्बन्धित निकायमा पुर्‍याइनेछ र आवश्यक कार्यवाही थालिनेछ। बालअधिकारको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले यस्तो पहल गरिएको जनाइएको छ।

भेरी नगरपालिकाले सबैलाई यस सेवाको उपयोग गर्न आग्रह गर्दै बालमैत्री समाज निर्माणमा सहकार्यको अपिल गरेको छ।

टोल फ्रि नम्बर: १८१०५०००१४९
सञ्चालनमा: जेठ २३ गतेदेखि
सेवा: २४ सै घण्टा, निःशुल्क

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार