जाजरकोट, जेठ २०८२ । भेरी नगरपालिका–७ का ३५ वर्षीय पुरुषमा कालाजार संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएपछि दीर्घकालीन ज्वरो, तौल घट्ने, थकान, रक्तअल्पता र कलेजो सुन्निने लक्षण देखिएपछि परीक्षण गरिएको र कालाजार पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीपक वलीले जानकारी दिए।
उनका अनुसार संक्रमितको अवस्था अहिले सुधार भएको छ, तर अझै एन्टीवडी पोजिटिभ रहेको छ। कालाजार जंगली झिंगा प्रजातीको ‘सेन्ड फ्लाई’ भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो।
संक्रमण पुष्टि भएपछि डब्लुएचओ, स्वास्थ्य सेवा विभाग र नगर स्वास्थ्य शाखाको टोलीले बिरामीको घर वरपर १०० मिटर क्षेत्रभित्र विषादी छर्केको र ५० जनाको र्यापिड टेस्ट गरिएको वलीले बताए।
हालसम्म यस रोगबाट बचाउने खोप उपलब्ध नभएकाले भुसुनाको टोकाइबाट जोगिने उपायहरू अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्। नगरवासीलाई सतर्क रहन र लक्षण देखिए तत्काल परीक्षण गराउन आग्रह गरिएको छ।





























प्रतिक्रिया दिनुहोस्