सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज ३ गते शुक्रबार

एक महिने सिलाइकटाइ तालिम संञ्चालन



जेठ ६ जाजरकोट । सीप सिकाैं आत्मनिर्भर बनाैं भन्ने मुल उद्देश्यका साथ १ महिने आधारभूत सिलाई कटाई तालिम नलगाड ४ मा सन्चालन भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटकाे आयाेजना तथा वडा कार्यालयकाे समन्वयमा सन्चालित भएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा हित संरक्षण कार्यालय प्रमुख थिर कुमार न्याैपाने रहेका थिए । तालिममा १२ जना सहभागी रहनेछन् । जसमा सहभागी पवित्रा थापा, भावना वली,भगवतीरावल,अर्मिका रावल ,धनमाया सार्की,जानकी बटाला,दीपा रावल,बिमला थापा,चन्द्विका सुनार, गीता नेपाली ,उर्मिला बुढा गरेर १२जना रहेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटकाे आर्थिक वर्ष ०८१/०८२काे स्वीकृत कार्यक्रम अन्तर्गत सीप विकास तथा राेजगार कार्यक्रम गरिएको छ। नलगाड नगरपालिका ४ जाजरकोटका वडा अध्यक्ष बद्री पन्तले व्यानर पढेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

यस वडामा तालिम सञ्चालन भएकाे र साेही कार्यलाई निरन्तता दिन वडाबाट पनि हामीले बजेट छुट्याउन सहयाेग गर्नेछाै।सिपमूलकलाई निरन्तता र महिलालाई आत्मनिर्भर बनाएर राेजगारी दिन पहल गरिने पन्तले बताए । सहभागीमा घरमा पैसादेखि आर्थिक काराेवार पुरुषकाे मात्र रहने गर्छ ।सीप सिकेर २/४पैसा कमाउन सकेमा चुलाे चाैकामा मात्र सिमित हुन नपर्ने जानकी बटाला बताउछिन् ।कार्यक्रममा २५ जनाकाे सहभागीता रहेकाे थियाे।लाेक बहादुर बस्नेतले कार्यक्रमकाे सहजिकरण गरेका थिए

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार