बालकुमार शर्मा , जाजरकोट । जाजरकोटमा विद्यालय भर्ना अभियानलाई तिर्वता दिइएको छ । लामो समयको शिक्षक आन्दोलन पश्चात विद्यालय खुले लगत्तै भर्ना अभियानले तिर्वता पाएको हो । यसैक्रममा विभिन्न विद्यालय देखि संघ संस्था विव्यस लगाएतका संस्थाले आफ्नो कार्यक्रम अन्र्तगत भर्ना अभियान चलाईरहेका छन् ।
शुक्रवार दलित कल्याण संघ जाजरकोटले जाजरकोटको कुशे गाँउपालिकामा भर्ना अभियानको भव्य कार्यक्रम सम्पन्न गरेको छ । ५ नं वडा कार्यलको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष रति नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा कुशे गाँउपालिकाका वडा नं. ५ का वडा अध्यक्ष हरि बहादुर सिंहको विशेष आतिथ्यता रहेको थियो ,अकोराव कर्णाली प्रदेशका कोषाध्यक्ष बालकुमार शर्मा ,शिक्षाका लागि राष्टिय अभियानका जिल्ला सदस्य सुनिता सुनार ,फेडोका जाजरकोट उपाध्यक्ष सहित विभिन्न दलित अधिकारकर्मी समेतको सहभागी रहेको थियो ।
अभियान कार्यक्रम कुशे ५ को ढिमेमा रहेको थर्पु माध्यामिक विद्यालय ढिमेमा आयोजना गरिएको थियो विद्यालयका प्रधानाध्यापक दिर्घं जंग सिंहले आफ्नो विद्यालयको प्रागंणबाट अभियान शुृरु गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
एनएनडिएसडव्लुओले जाजरकोटमा १२० जना दलित बालबालिकालाई अध्ययनका कक्षा १ देख स्नातकोत्तर तह सम्मका लागि स्थानीय तहको समन्वयमा दलित शिक्षा छात्र वृत्ति दिदै आएको छ ।
कार्यक्रममा दलित बालबालिकाको शैक्षिक सुधारका लागि नेपाल छात्रवृत्ति कार्यक्रम मार्फत जिल्लामा शैक्षिक गतिविधि गर्दे आएकोमा सहभागीहरुले धन्यवाद समेत व्यक्त गरेका थिए ।
संस्थाले सन २०१३ देखि जाजरकोटका छेडागाड नगरपालिका भेरी नगरपालिका र कुशे गाँउपालिकामा काम गर्दे आएको परियोजना संयोजक कृष्ण तिरुवाले जानकारी दिनु भयो






























प्रतिक्रिया दिनुहोस्