सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेसन’ : भृकुटीमण्डप



जाजरकोट । लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा विशाल जनसङ्ख्या सहभागी भएको छ।

ड्रोनबाट खिचिएको तस्बिरमा देखिएअनुसार सडक छेउछाउका भवनहरूका छाना र बाल्कनीसम्म मानिसहरूले भरिएका छन् भने मुख्य सडक मानवसागरले भरिएको छ।

कार्यक्रममा ४० वर्ष मुनिका युवाहरू वक्ताका रूपमा सहभागी भएका थिए। साथै, लोकप्रिय गायक तथा सांगीतिक समूहहरूको प्रस्तुतिले युवालाई अझ आकर्षित गरेको थियो।

एमालेले लोकतन्त्र पुनःस्थापनाको सम्झनामा ‘जनताले जितेको दिन’ भन्दै यस्तो उत्सव आयोजना गरेको हो।

 

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार