सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

ट्राफिक प्रहरीले सर्वसाधारण कुटपिट, भिडिओ भारल के भन्छ प्रहरी ?



काठमाडौ ।  ट्राफिक प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जालहरूमा भाइरल भएको छ।

भिडिओमा सवारीसाधन चलिरहेको बेला सडक छेउमा ट्राफिक प्रहरीले एक पुरुषलाई खुट्टाले प्रहार गर्दै जमिनमा पछारेको देखिन्छ। ती पुरुष अचेत अवस्थामा देखिन्छन् भने ट्राफिक प्रहरीले उनका कागजात समेत मुखमा फालिदिएको दृश्य छ।

भिडिओमा चार जना ट्राफिक प्रहरी देखिए पनि कुटपिट गर्ने मुख्य व्यक्ति एक जना देखिन्छन्। घटनापछि प्रहरीको व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

कुटपिटको मिति स्पष्ट नभए पनि प्रहरीले उक्त भिडिओ हालको नभएको दाबी गरेको छ। घटनाको पुष्टि र अनुसन्धान भने औपचारिक रूपमा गरिएको छैन।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार