काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो। अघिल्लो शिक्षामन्त्री विद्या भट्टराईले सोमवार पदबाट राजीनामा दिएपछि पन्तले उक्त जिम्मेवारी पाउनुभएको हो।
हाल सामुदायिक विद्यालयका शिक्षकहरू तीन हप्ताभन्दा बढी समयदेखि आन्दोलनरत छन्। यस्तो अवस्थामा शिक्षामन्त्री बनेका पन्तका लागि शिक्षक आन्दोलनको समाधान गर्नु र विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु प्रमुख चुनौती बन्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्