काठमाण्डौ । लगातार चार दिनको गिरावटपछि आज शेयर बजार सामान्य उकालो लागेको छ। नेप्से परिसूचक २.०८ अंकले बढेर २,६५८.०२ विन्दुमा पुगेको छ।
आज विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयरमा हरियाली देखिएको छ। लगानी समूहको शेयरमा सबैभन्दा धेरै, करिब २.५ प्रतिशतको वृद्धि भएको छ।
नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढ्दा नेपाल हाइड्रो डेभलपर्सको शेयरमा ७ प्रतिशतभन्दा बढी गिरावट आएको छ।
यद्यपि नेप्से सूचक थोरै बढे पनि कारोबार रकम भने उकालो लागेको छ। आज ३०८ कम्पनीका १ करोड ९७ लाख कित्ता शेयरहरू ७ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएका छन्, जुन हिजोको ७ अर्ब ५७ करोडको तुलनामा उच्च हो।
प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्