काठमाडौं, वैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरेको छ ।शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सञ्चालनमा चुनौती देखिए पनि बोर्डले आवश्यक परे शिक्षकबाहेक अन्य संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गरिने जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पालिका, शिक्षा इकाइ, प्रदेश कार्यालय र जिल्ला प्रशासनको सहयोगमा केन्द्राध्यक्ष तोकी परीक्षा गराइनेछ ।
यसपटक ५ लाख ११ हजार विद्यार्थी सहभागी हुने परीक्षा १ हजार ५९० केन्द्रमा हुनेछ ।
शिक्षक महासंघले भने परीक्षा बहिस्कार गर्ने अडान दोहोर्याएको छ । शिक्षकहरूको आन्दोलनका कारण तालिमसमेत रोकिएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार



































प्रतिक्रिया दिनुहोस्