सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २९ गते सोमबार

सुनमा ऐतिहासिक वृद्ध‍ि, तोलाको मूल्य २ लाख नजिक



काठमाडौं, वैशाख ९आज मंगलबार छापावाल सुनको मूल्य तोलामै ६ हजार ९ सय रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । चाँदीको भाउ पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ७० पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४ सय ८० डलरसम्म पुग्दा नेपाली बजारमा पनि असर परेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन दबाब दिएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका र यसको मूल्यमा उछाल आएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार