टुकमाया घर्ती माघ २२ जाजरकोट । वडास्तरिय स्थानिय कृषि उपजमा आधारित पाेषणयुक्त दिवा खाजा कार्यक्रम सम्बन्धि१दिने कार्यक्रम सञ्चालन भएको छ ।
नलगाड नगरपालिका ७८ विद्यालयमा दिवा खाजा पाक्ने गरेकाे छ ।जसमा १ कराेड५०लाख बराबरकाे रकम खर्च हुने गरेकाे छ ।शिक्षककाे तलव पछि दाेस्राे खर्च दिवा खाजामा लगानी गरेकाे कार्यक्रम संयाेजक विशाल गाैतमले बताए ।
बालबालिकालाई पाैष्टिक आहार जन्य दिवा खाजा दिनुपर्ने बालबालिकामा लगानी गर्नुपर्नेमा, बालबालिकाकाे भविष्यमाथि खेलवाड नगर्न मनिराम पाेखरेलले बताए।रैथाने वाली जाेगाउन, अर्थतन्त्रलाई उकास्न,स्वच्छ स्थानीय उत्पादन ,प्लास्टिक जन्य खाद्य वस्तुलाई निस्तेज बनाउन हामी सबै लाग्नुपर्ने पाेखरेल बताउछन्।सहभागीकाे तर्फबाट कालिका आदर्श आधाभुत विद्यालय ६का स्थानिय राम बहादुर घर्तीले उत्पादित दिवा खाजा खुवाउदा कृषककाे मेहनतले सार्थकता पाउन सकिने बताउछन्।दिवा खाजालाई व्यवस्थापन गर्न अनुगमन गरिने, परीक्षाको बेला र शुक्रबार दिवा खाजा नखुवाउने विद्यालय माथि निगरानी गरिने नलगाडका ४ अध्यक्ष बर्द्वी पन्तले बताए।स्वच्छ स्वस्थ वर्द्वक खाजाले साना बालबालिकामा पढ्ने वातावरण बनेकाे बताए ।
आजैबाट बालबालिकामा लगानी गराै! जुन विद्यालयमा जे अभाव छ वडासगंँ पालिकासगँ राख्नुहाेस ।स्थानीय सरकारले हातेमालो गर्दै लगानी गर्छ । नलगाडका उपप्रमुख देवका लामिछानेले बताइन्।कार्यक्रममा वडा नम्बर ५ र ४का प्राथमिकता विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षक शिक्षिकाकाे गरि ८२जना सहभागी रहेका थिए ।उक्त कार्यक्रम नलगाड नगरपालिकाकाे ४ काे लहँमा सञ्चालन गरिएको थियाे।यस कार्यक्रमको आयाेजना नलगाड नगरपालिकाको शिक्षा शाखाबाट सञ्चालन गरिएको हाे ।





























प्रतिक्रिया दिनुहोस्