सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

नगर कपकाे उपाधी बिरेन्द्व मा.वि.लाई



टुकमाया घर्ती जाजरकोट । छैटाैं नगर कपकाे उपाधी बिरेन्द्व माध्यमिक विद्यालय तल्लुले हात पारेको छ । तल्लुले १० स्वर्ण,४ रजत र ५ कास्य सहित जम्मा १९ पदक जितेर पहिलाे स्थान ओगटेकाे छ ।भने दाेस्राेमा जुनीबाल संरक्षण माध्यमिक विद्यालय सिर्केेले ५स्वर्ण ४रजत र २कास्य सहित जम्मा ११ पदक जितेकाे हाे।यस्तै तेस्रोस्थानमा त्रिभुवन माध्यमिक विद्यालय दल्लीले स्वर्ण ४ रजत ३ र कास्य ५ गरि जम्मा १२ पदक जितेकाे हाे र सान्त्वनामा भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण ३ रजत ७ र कास्य ६ गरि जम्मा १६ पदक जितेकाे हाे ।

त्रिभुवन माध्यमिक विद्यालय पहिलाे स्थान छात्र भलिवल दाेस्राे स्थान भानुभक्त माध्यमिक विद्यालय जुनी बाल संरक्षण माध्यमिक विद्यालय रहेकाे थियाे ।यस्तै नगरपालिका वा गाउँपालिकाबाट छानिएका खेलाडीले जिल्लामा खेल्ने र त्यसपछि प्रदेश स्तरिय खेल खेलाउने रेफ्रि विवश विक्रम शाहले बताए ।नलगाड नगरपालिकाको उत्कृष्ट खेलाडी छात्रा दाैडतर्फ विपना शाही ,कपर्दी तर्फ सविता सिहं,भलिवल तर्फ एलिसा वि.क. र छात्रतर्फबाट लेवि बहादुर चनारा भलिबलबाट रमेश वली कपर्दीमा उत्कृष्ट खेलाडी छनाैट भएका छन्।यस खेलमा १०विद्यालयकाे सहभागी रहेकाे थियाे।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार