सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

निःशुल्क आँखा शिविरबाट ११०जना लाभान्वित



जाजरकोट । जाजरकोटमा नलगाड नगरपालिका ४ मा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्याेती संघ एकीकृत आँखा तथा कान स्वास्थ कार्यक्रममा ११० जनाले सेवा दिएकाे लिएका हुन् । नलगाड नगरपालिकाका १३वटै वडामा सञ्चालन हुने भएतापनि पहिलाेपटक नलगाड नगरपालिका ४लँहमा शिविर सञ्चालनमा गरिएको वडा अध्यक्ष बर्दी पन्तले जानकारी दिनुभयाे।गाउँबाट टाढा वृद्धवृद्धा जान नसक्ने र वडाबाट सञ्चालन गर्दा सबै जनताहरु लाभान्वित हुने भएकोले हामीले पहल गरेर याे कार्यक्रम वडामा ल्याउन सफल भयाै ।कार्यक्रममा विशेष गरि अपांगलाई पनि धेरै टेवा पुगेकाे पन्तले बताउनुभयाे।


। ८६वर्षर्की आमाले पनि सेवा लिन पाउनुभयाे उहाँ हिड्न पनि नसक्ने वृद्व घरनजिकबाट सेवा लिदा ज्यादै खुसी भएकोे वडा अध्यक्षकाे सहकार्यमा कार्यक्रम सफलतापुर्वक गरिएकाेसामुदायिक संयाेजक निर्मला सुनारले बताइन्।८६वर्षिय बिष्णु रावलले आफु हिड्न नसक्ने भएकोले दुवै आँखा माेति विन्दु भएकाे थाहा पाएकाे बताइन्।माेतिविन्दु भएकालाई वडाकाे पहलमा १३वटै पालिकाका माेतिविन्दुका बिरामीलाई दल्लीमै अपरेशन गर्ने नेत्र ज्याेती सघंका दल्लीका निरिक्षक डाक्टर टंक हमालले जानकारी दिए।दृष्टि क्षमताकाे जाँच,आखामा एलर्जी ,माेती बिन्दुभएका ,आखाँमा सुख्खापन भएका समस्या भएका बिरामीहरूकाे उपचार गरिएको हमालले बताए ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार