जाजरकोट । जाजरकोट भेरिनगरपालिकामा बाल संरक्षण घटना व्यवस्थापन तथा बाल संरक्षणा सूचना व्यवस्थापन प्रणाली सम्वन्धि अभिवृद्धि कार्यक्रम अन्र्तगत २ दिने तालिम कार्यक्रम सम्पन्न भएको भएको छ ।
तालिममा भेरी नगरपालिकाका विभिन्न वडाका वडा सचिव , देखि उप प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा, विपद शाखा, महिला बालबालिका शाखा , सूचना प्रविधि शाखा,बालकल्याण अधिकारी र वडा नं. १ देखि १३ वडाका वडा सचिव र वडाका स्वास्थ्यकर्मी वर्थिक सेन्टरका स्वास्थ्य कर्मी र स्वयमसेविकाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य बालकल्याण अधिकारी सन्तोष पुन मगरले गर्नु भएको थियो ।तालिममा सहभागीहरुलाई बाल संरक्षण घटना व्यवस्थापन र स्वास्थ्य संस्थाबाट जन्म दर्ता सम्वन्धी कार्यक्रम संचालन भएको थियो ।
दुई दिन सम्म संचालन भएको तालिम कार्यक्रमको सहजिकरण राष्ट्रिय बालपरिषदमा कार्यरत कार्यक्रम अधिकृत सजना कुवँर , सूचना सहायक रिन्जेन तामाङ्ग, र डम्वर रोकायले गर्नु भएको थियो ।
तालिम कार्यक्रममा बालसंरक्षण घटना व्यवस्थापन सिपिआइएमएस सम्वन्धि बालकल्याण अधिकारी सन्तोष पुनको सहजिकरण समेत भएको थियो ।
कार्यक्रममा बालबालिकाको निती सम्वन्धी डम्वर रोकाय ,बालबालिका सम्बन्धि नितिगत व्यवस्था र जन्म दर्ता सम्वन्धी राष्ट्रिय बालपरिषदको कार्यक्रम संयोजक सजना कुवँरले सहजिकरण गर्दा भेरी नगपालिकाका बालमैत्री वडा घोषणाको अभियानमा जुटेका कर्मचारी देखि जनप्रतिनिधीहरुले अबका दिनमा थुर्पे काम गर्न बाकीहरेका मशुष भएको बताएका थिए ।
तालिम कार्यक्रमको उदेश्य जाजरकोट जिल्ला भेरी नगरपालिका भित्र रहेका बालबालिकाहरुको अधिकारहरुलाई सुनिश्चित गरी बालसंरक्षण प्रणाली व्यवस्थीत गरी सरोकारवाला निकायहरुलाई जवाफदेही बनाउनु रहेको सहजकर्ता डम्वर रोकायले प्रकाश पार्नु भएको थियो ।
तालिम कार्यक्रममा ४२ जना सहभागीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्