सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

ऐतिहासिक जाजरकोट दरबारलाई पालले ढाकियो,



जाजरकोट । ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको छ ।

गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको जाजरकोटको पहिचान र ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो ।
डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तिनपटक भूकम्प सहि सकेको छ ।

यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनःनिर्माण गरिएको थियो । यसपटकको भुकम्पले दरबार चर्किएको मात्र छ । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार