
जाजरकोट । जाजरकोट भेरी नगरपालिका -४ मा करेन्ट लागेर तिन जना घाइते भएका छन ।
गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका सल्यान कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, सोहि जिल्लाका ३२ वर्षीय दिपक रावत र जाजरकोट जिल्ला भेरी नगरपालिका ७ बस्ने २६ वर्षीय चन्द्र प्रकाश घर्ती करेन्ट लागी घाइते भएका छन ।
विहिवार दिउँसो २ बजे भेरी नगरपालिका -४ गणेश वलीको ४ तले घरको चौथो तलाको पिल्लर उठाने क्रममा मिक्सर मेसिनमा बिद्युत प्रबाह हुन गई उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्र.स.नि. जुद्ध बहादुर पन्त को कमाण्डमा जिल्ला अस्पताल जाजरकोटमा लिई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका (प्रहरी निरीक्षक) माधब बिश्वकर्माले जानकारी दिनुभयको हो ।
करेन्ट लागेर घाइते भएका तिन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विश्वकर्मले जानकारी दिनुभएको छ ।





























प्रतिक्रिया दिनुहोस्