सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

एक हजारको १८ थान नक्कली नोटसहित एक महिला पक्राउ



जाजरकोट । आज बिहान ८:०० बजे जाजरकोट जिल्ला छेडागाड नगरपालिका-५ थलह बजार स्थिति एक महिला सङग नक्कली नोट छ भन्ने गोप्य सूचना प्राप्त भए पछि तत्काल उक्त स्थानमा प्रहारी खटाएको थियो । खानतलासी गर्दा उक्त महिला बाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् ।

ईलाका प्रहरी कार्यालय बडाबन बाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार