कालीकोट । जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका–५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो ।
भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं. वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण भएको हेलिप्याड दैलेखकी संघीय सांसद सीता रानाको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार



































प्रतिक्रिया दिनुहोस्