कालीकोट । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–६ स्थित गोठीभीरमा सडक भत्किएपछि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बिहीबार बिहानको वर्षाले सडकको एक भाग भत्किएपछि सुरक्षाका लागि ठूला सवारीसाधनलाई रोकिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले यात्रु तथा सवारी चालकहरुलाई जोखिम न्यूनिकरणका लागि विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। वर्षायाममा राजमार्गको यात्रा चुनौतीपूर्ण हुने भएकाले अनावश्यक यात्रा नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।
हाल घटनास्थलमा सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालन गरिएको छ भने सडक मर्मतको प्रयास भइरहेको जनाइएको छ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार





























प्रतिक्रिया दिनुहोस्