सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार



जाजरकोट – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख १४ गते शुक्रबार