सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

मौसम आज प्रदेशका केही भागमा मेघगर्जन सहित चट्याङको सम्भावना



जाजरकोट चैत १९ । आज पहाडी भू–भागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार आज उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि मंगलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार