चैत १७ गते / जाजरकोट
जाजरकोटमा बाल न्याय समितिका तथा स्थानिय न्यायिक समितिका पदाधिकाहरुका लागि बालमैत्री न्याय प्रणाली सम्वन्धि तालिम कार्यक्रम आज खलंगामा सम्पन्न भएको छ । शुक्रवार देखि शुरु भएको उक्त कार्यक्रमको आज समापन गरिएको हो ।

जिल्ला बाल न्याय समिति जाजरकोटको आयोजना तथा पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो बाल संरक्षण कार्यक्रम अन्र्तगत हिजो देखि शुरु भएको थियो । उक्त तालिममा जिल्लाको बारेकोट ,कुशे र भेरी नगरपालिका उपप्रमख सिता जैसी , जुनीचादे गाँउपालिकाका उपाध्यक्ष विरेन्द्र बहादुर शाही ,कुशे गाँउपालिकाका उपाध्यक्ष देविका सिंह लगाएत विभिन्न पालिकाका महिला तथा बालबालिका शाखाका पदाधिकारीहरु र जिल्ला बाल न्याय समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
तालिममा जिल्ला अदालत जाजरकोटका न्याधीस सनत चन्द्र लवट ,श्रेष्तेदार नारायण सापकोटा र जिल्ला सरकारी वकील रत्न प्रकाश गिरी र सेभ द चिल्ड्रेनका जाजरकोट कार्यक्रम अधिकृत अनन्त वि.क को सहजिकण रहेको थियो ।

तालिम पछि बाल न्याय समितिका पदाधिकारीहरुले र न्यायिक समितिका पदाधिकारीहरुले आफ्नो कार्यसम्पादनमा थप सहज र सुधार ल्याउन सहायोग गरेको प्रतिक्रिया दिएका थिए ।
तालिममा २४ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा जिल्लाका न्याकि समितिहरु विगत भन्दा सक्रिय भएको र मुद्या हेर्दा सक्रिया बढेको सहभागीले प्रतिक्रिया दिएका थिए । अझै बस्ती स्तर सम्म् जनचेतना प्रवाह हुन नसकेर कानूनको कार्यान्वयन प्रक्रिया प्रभावकारी बन्न नसकेकोले प्रभावकारी संचार सेवा मार्फत स्थानीय पत्रकारहरु संचार माध्यामहरु संग मिलेर कानूनको प्रचार प्रशार गर्ने कार्यमा जोड दिन आवश्यक सहकार्यको खाचो भएको सहभागीले औल्याएका थिए । यस्तो तालिम पटक पटक आवश्यकता भएको पनि सहभागीको भनाइ थियो ।



































प्रतिक्रिया दिनुहोस्