सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ माघ ९ गते बुधवार

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेला खोप



हुम्ला – हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाबिरुद्धको खोप लगाएका छन् । सात वटा पालिका रहेको हुम्लामा गएको फागुन २५ गतेदेखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाबिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

जिल्लाका एक सय छ खोप केन्द्रबाट पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ ।

नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका बालबालिका छुटेका छन् । लिमीका ५४ जना बालबालिकाले दादुरा–रुबेलाबिरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।    

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार