सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ मंसिर २८ गते आइतबार

हुम्लाको तिलमा तीन हिमताल फेला, प्राविधिक टोलीको अध्ययन



हुम्ला । नाम्खा गाउँपालिका–६ तिल गाउँमा जेठ १ गते राति गएको बाढी र सुख्खा पहिरोको कारण विस्थापित भएकाहरूको अवस्था बुझ्न तथा विपद् स्रोतको पहिचान गर्न गएको प्राविधिक टोलीले ५,३५० मिटर उचाइमा रहेको हिमतालसम्म पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको छ।

यसअघि दुईवटा हिमताल रहेको भनिएको स्थानमा अध्ययन टोलीले तीनवटा ताल फेला पारेको जानकारी टोलीका सदस्य तथा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटाले दिनुभएको छ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी सहभागी थिए।

तथ्यांकअनुसार बाढी र पहिरोका कारण तिल गाउँका १८ घरधुरीका ३२ जना परिवार विस्थापित भएका छन्। पीडितहरूको अवस्थाबारे गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय (PMO Nepal) तथा जिल्ला प्रशासन कार्यालय हुम्लाले समेत गम्भीर चासो व्यक्त गर्दै समन्वयमा राहत तथा पुनर्स्थापना प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार