जाजरकोट । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज देशैभर हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

यस्तै हिमाली र पहाडी जिल्लाहरुमा आईतवार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने एकआफसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ ।
प्रकाशित मिति : २०८० चैत ११ गते आइतबार



































प्रतिक्रिया दिनुहोस्